विप्लवको बन्द : असर कहाँ कहाँ भयाे ?

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दकाे केहि स्थानमा असर परेकाे छ । उपत्यका ब्यूरो इन्चार्ज माइला लामा लगायतका अन्य नेता तथा कार्यकर्ताहरु पक्राउको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले साे बन्दकाे अाह्वान हाे । बागमती, नारायणी र जनकपुर अन्तर्गतको दोलखा र रामेछापमा बन्दको घोषणा गरेको हाे ।

साे बन्दको क्रममा विप्लव समूहले केहि स्थानमा बम पड्काउनुका साथै केहि सवारी साधनमा तोडफोड र आगजनीसमेत गरेका छन् ।

मकवानपुर र नुवाकोट

साउन १४ गतेदेखि साउन १५ गते बिहानसम्म मकवानपुरको ४ स्थानमा बम फेला भेटिएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले साउन १४ गते राती पौने १२ बजे हेटौंडा उपमहानगरपालिका ४ स्थित क्वीक ट्वाण्टी पार्टी प्यालेस अगाडि भित्री सडक छेउमा निलो जेब्रा झोलाभित्र प्रेसर कुकर बम राखेको थियो । साे बम डिस्पोजल टोलीले डिस्पोज गराएको छ ।

उता हेटौडा उप महानगरपालिका ११ स्थित थाना भर्याङ शदा शिवम् पेट्रोल पम्प भन्दा २० मिटर उत्तरमा पर्ने पूर्व पश्चिम राजमार्गको सडक छेउमा प्रेसर कुकर बम राखिएकाे थियो । प्रेसर कुकरको बाहिरी भागमा टेप लगाई तार निकालेको अवस्थामा रहेको बमलाई नेपाली सेनाले साउन बिहान ४ बजेर १० मिनेट जाँदा डिस्पोज गरेको छ ।

यस्तै हेटौंडा उप महानगरपालिका १ चौकीटोलस्थित खाद्य संस्थान अगाडि बाटोमा गएराती प्रेसर कुकर बम भेटिएको थियो । राती २ बजेर २० मिनेटमा भेटिएको उक्त प्रेसरकुकर बमलाई नेपाली सेनाको टोलीले बिहान ३ बजेर २५ मिनेटमा डिस्पोज गराएका थिए ।

विप्लव समूहको बन्दको पूर्व सन्ध्यामा गएराती पौने १२ बजे ककनी गाउँपालिका १ कागतीगाँउको वडा नम्बर १ को कार्यालयमा आगजनी भएको छ। साे आगजनीबाट उक्त भवनको २ वटा कोठामा रहेको कागजपत्र, फर्निचर, ४ थान पंखा र २ थान कम्प्युटर जलेको छ ।

उपत्यका भित्रिने सवारी साधनहरु केहि मात्रामा चलेका छन् भने उपत्यकाबाट बाहिरिने सवारीसाधन केहिमात्रै चलेका छन् । रसुवा, गोर्खा र नुवाकोट जाने काउण्टर खुलेको छैन भने अन्य स्थानमा जाने बसको काउण्टर खुलेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित ७ जना काठमाडौंबाट पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन …

प्रतिकृया दिनुहॊस