Detail of heterosexual young couple ready to kiss each other passionately with beach sunset background. Formentera, Balearic Islands, Spain, Europe.

अन्तिम चुम्बनको बहानामा प्रेमीको जिब्रो काट्ने युवती,जिब्रोको टुक्रा थुकेर भागिन्

दुनियाँमा अनाैठा घटना घट्ने गर्छन् । यस्तै अनाैठाे घटना एकजना यो घटना स्पेनको बार्सिलोनामा भएको ५ । युवतीले आफ्नो प्रेमीलाई अन्तिमपटक चुम्बन गर्ने बहानामा प्रेमीको जिब्रो काटिदिएकी छिन् । चुम्बनको बहानामा जिब्रो काटिदिने ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

आडिया लोपेज इस्टिवे नामकी युवतीले दोश्रोपटक ब्रेकअप भएसँगै प्रेमीको जिब्रो काटिदिएकी हुन् । उनीहरुको पहिलो रिलेसनशीप सन् २०१६ मा सुरु भएको थियो । यने केवल २ महिनासम्म मात्र टिक्याे । केही समयपछि फेरि दुबैजना प्रेममा गाँसिने निधो गरे । तर चार महिनापछि नै प्रेमीले आफु आफ्नो परिवर्तन भैरहने मूडका कारण थाकिसकेको बताउन थाले ।

त्यसलगत्तै उनीहरुबीच झगडा हुन थाल्यो । एकदिन झगडाकै बीचमा प्रेमिका इस्टिवे आफ्नो अपार्टमेन्टबाट बाहिर निस्किएर रक्सी पिएर हल्लाखल्ला गर्न थालिन् । एकछिन पछि उनी अपार्टमेन्टमा छिरिन् र माफी माग्दै आफ्ना प्रेमीलाई फकाएर अब अन्तिम पटक चुम्बन गरेर छुट्टिउँ भनिन् ।

त्याे बेला उनले हातमा चक्कु लिएर आएकी थिइन् । उनले प्रेमीलाई आलिंगन गरिन् । दुबै जनाले एक अर्काको मुखमा जिब्रो छिराएर चुम्बन गर्न थाले । जब प्रेमी आँखा चिम्लिएर चुम्बनमा मस्त थिए तब उनले हातको चक्कुले प्रेमीको जिब्रो काटिदिइन् । अनि आफ्नो मुखमा रहेको प्रेमीको जिब्रोको टुक्रा थुकेर त्यहाँबाट भागिन् ।

जिब्रो काटिएका प्रेमी पीडाले चिच्याउन थाले । उनको मुखबाट रगत निस्किरहेको थियो । छिमेकीहरुले उद्दार गरेर उनलाई अस्पताल लगे । ती युवतीलाई प्रहरीले गिरफ्तार गरेर प्रारम्भिक अनुसन्धान पछि अदालतमा पेश गर्दैछ । उनीमाथि १० वर्षको सजायँ माग गरिने वताइएकाे छ।

एजेन्सी

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस