अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, ३० करोड रुपैयाँको आइपीओ ल्याउने

काठमाडाै ।  अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा साेमवार सम्पन्न भएको छ । साे सभा वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा सम्पन्न भएको हो । कार्क्रममा इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गर्नुपर्ने ३० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन सहित अन्य प्रस्ताव पारित गरेको हाे । साधारणसभामा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश भएको छ ।

सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४जना सञ्चालक निर्वाचित भएका छन् । निर्वाचित भएका ४ जना सञ्चालकहरुमा आजाद श्रेष्ठ, राम बहादुर गुरुङ, कल्याण गुरुङ र चिरञ्जीवी हुन् । सभामा कम्पनी नियमावलीको नियममा संसोधन गर्ने तथा उक्त संसोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा नियामक निकायबाट आएको निर्देशन अनुरुप आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।
आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, एनएफआरएस प्रतिवेदन, सञ्चालकहरुको बैठक भत्ता वृद्धि तथा आव २०७५/०७६ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्तावमा छलफल गरि पारित भएको छ ।

बीमा समीतिले निर्जिवन बीमा कम्पनीहरुलाई न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिए अनुसार संस्थापकबाट ७० प्रतिशत हिस्सा बराबरको ७० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याइसकेको  छ । कम्पनीले ३० करोडको साधारण शेयर जारी गरेर बीमा समितिले तोके अनुसारको चुक्ता पूँजी पुर्याउन लागेको कम्पनीका सिइअाे कुमार बहादुर खत्रीले वताएका छन्  ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस