नेपालले मलेसियालाई दियो १७४ रनको लक्ष्य

काठमाडाैँ । दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले मलेसियालाई १७४ रनको लक्ष्य दिएको छ। मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन जोड्यो।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरे। उनले नटआउट ५१ रन जोडे। विनोदले २५ बलमा ३ चौका  र ५ छक्का हिर्काए।

शरद भेषावकरले ४० रनको योगदान दिए। उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर तथा कप्तान पारस खड्काले २३ रन जोडे।उनले १९ बलमा समान २-२ चौका र छक्का हिर्काए। अर्का ओपनर पवन सर्राफ भने १० रनमै आउट भए। उनले ११ बलमा २ चौका हिर्काए।

ज्ञानेन्द्र मल्ल ३ बलमा ७ रनमा आउट भए। यस्तै रोहित कुमार पौडेलले २३ बलमा १९ रन बटुले। करण केसी १० बलमा १६ रन जोडेर आउट भए। उनले १ चौका र १ छक्का हिर्काए।

बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए। उनले ३ ओभरमा २६ रन खर्चिए।

यसअघि शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले ७ विकेटको जित हात पारेको थियो। आइतबार पनि जित हात पारे नेपालले २ खेलको सिरिज क्लिन स्विप गर्नेछ।

आगामी साउन ६ देखि सिंगापुरमा हुने आइसिसी टी-२० विश्ववकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि नेपालले मलेसियासँग २ खेलको टी-२० सिरिज खेलेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण …

प्रतिकृया दिनुहॊस