कोपा अमेरिका फुटबल : जापानमाथि चिलीको शानदार जित

एजेन्सी । साबिकको विजेता चिलीले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार बिहान भएको खेलमा जापानलाई ४-० गोल अन्तरले पराजित गर्दै चिलीले शानदार सुरुवात गरेको हो ।

चिलीलाई जित दिलाउन एड्वार्डो भर्गासले दुई गोल गरे । यस्तै एलेक्सिस सान्चेज र एरिक पल्गरले एक एक गोल गरे । जितसंगै समूह ‘सी’ को चिलीले ३ अंक जोडेको छ ।

प्रतियोगितामा एसियाका दुई आमन्त्रित टिम जापान र कतारसहित १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस