फेडेररलाई हराउँदै नाडाल १२ औं पटक फ्रेन्च ओपनको फाइनलमा

काठमाडाैँ । डिफेन्डिङ च्याम्पियन राफेल नाडाल फ्रेन्च ओपन टेनिसमा १२ औं पटक फाइनल प्रवेश गर्न सफल भएका छन्। उनले रोजर फेडेररलाई पराजित गरेका हुन्। फ्रेन्च ओपनको फाइनलमा एक पटक पनि पराजित नभएका नाडाल लगातार जित निकाल्ने प्रयासमा हुने छन्। नाडालले शुक्रबार तेस्रो वरियताका स्वीटजरल्यान्डका रोजर फेडेररलाई हराएका हुन्। नाडालको यो २६ औं ग्रान्डसलाम फाइनल हो। दोस्रो वरियता प्राप्त नाडालले फेररलाई सोझो सेटमा स्तब्ध बनाए ।

फेडेररले ६–३, ६–४ र ६–२ ले खेल आफ्नो पक्षमा पारे। यी दुई खेलाडी आठ वर्षपछि सेमिफाइनलमा आमुन्नेसामुन्ने भएका थिए। पछिल्लो पटक २०११ मा नाडालले फेडेररलाई पराजित गरेका थियो। यस पटक नाडालले अब फाइनलमा सर्बियाका नोभाक जोकोभिच र अष्ट्रियाका डोमिनिक थिएम बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिष्पर्धा गर्नेछन्। नाडाल ११ पटक फ्रेन्च ओपनको उपाधि जित्न सफल भइसकेका छन्। फाइनलमा उनको नजर १२ औं उपाधि जित्नेमा केन्द्रित रहने छ। अर्को तर्फ १० वर्षपछि फ्रेन्च ओपन जित्ने सपना टुटेको छ ।फेडेरर २००९ मा च्याम्पियन बनेका थिए। यी दुई खेलाडीबिच योसहित कुल ३९ प्रतिष्पर्धा भएको छ ।

जसमा २४ पटक नाडालले खेल आफ्नो पक्षमा पारेका छन्। फेडेरर १५ पटक मात्र नाडाललाई हराउन सफल भएका छन्। फ्रेन्च ओपनमा नाडालले फेडेररलाई छैटौं पटक पराजित गरे। नाडालले अहिलेसम्म १७ पट ग्रान्डसलाम जित्न सफल भएका छन्। जसमा फ्रेन्च ओपनमात्र ११ वटा रहेका छन्। जसमा एक अस्ट्रेलियन ओपन, दुई विम्बल्डन र तीन युएस ओपन रहेका छन्। फ्रेन्च ओपनमा नाडालले ९४ खेल जसमा दुई खेलमा मात्र पराजित भएका छन्। ७४ खेलमा उनले ३–० ले जित निकाल्न सफल भएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस