अमेरिकाले सोमबारबाट मेक्सिकोमाथि दण्डात्मक कर लगाउने

काठमाडौं । अमेरिकाले मेक्सिकोबाट आयात हुने सामानमा दण्डात्मक कर लगाउने निर्णय निकै अघि बढेको जनाएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सोमबारदेखि लागू हुने गरी दण्डात्मक कर लगाउने निर्णय निकै अघि बढेको जनाएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता सारा स्याण्डर्सले आप्रवासीलाई सिमा क्षेत्रमा कडाइ गर्ने विषयमा मेक्सिकोसँग भएको कुराकानीमा ‘प्रगति’ भए पनि मेक्सिकोलाई थप कर लगाउने यसअघिको निर्णय लागू हुने लगभग निश्चित रहेको बताइन ।

उनले करबारे यसअघि आएको अमेरिकी धारणामा कुनै परिवर्तन नभएको स्पष्ट पारिन ।

युरोप भ्रमण जाने क्रममा प्रवक्ता स्यान्डर्सले कर लगाउने विषयमा थप छलफल गर्न आफूहरु तयार रहेको तर अहिलेका लागि भने सोमबारदेखि कर वृद्धि हुने बताइन ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँग पाँच प्रतिशत थप कर लिने निर्णय गरेका थिए । तर अमेरिकी राष्ट्रपतिको निर्णयको मेक्सिकोले विरोध गर्दै आएको छ ।

मेक्सिकोले सीमानामा आप्रवासी शरणार्थीलाई अमेरिका प्रवेशमा नियन्त्रण गर्न अपनाउनुपर्ने आवश्यक प्रक्रिया शुरू नगरेको साथै मेक्सिको र अमेरिकाको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासीको नियन्त्रणमा नसघाएको आरोपमा उसले थप करको घोषणा गरेको मेक्सिकोको दाबी छ ।(एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ईसेवा मनि ट्रान्सफर पाँचौँ वर्षमा प्रवेश

काठमाडौँ । डिजिटल रेमिट्यान्स कम्पनी– ईसेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पुरा पाँचौँ …

प्रतिकृया दिनुहॊस