ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणमा, बेलायतमा प्रदर्शनको तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने राजकीय भ्रमणका लागि बेलायत जाँदै छन् ।

स्थानीय समयअनुसार उनी आज विहान ९ बजे बेलायत पुग्नेछन् । राष्ट्रपति ट्रम्पका साथमा प्रथम महिला मिलानिया पनि भ्रमण दलमा सहभागी छन् ।

बेलायती महारानी एलिजाबेथले राष्ट्रपति ट्रम्पको सम्मानमा बकिङ्घम दरबारमा रात्रीभोजको आयोजना गर्ने कार्यक्रम छ ।

उनले आजै वेस्टमिनिस्टर आबेको भ्रमण गर्नुका साथै राजकुमार चाल्र्ससँग पनि भेट्नेछन् ।

बेलायत भ्रमणमा आउनुअघि द सनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफूले टोरी नेता बोरिस जोहन्सनलाई बेलायतको भावी प्रधानमन्त्रीको रुपमा समर्थन गर्ने बताएका छन् ।

यस्तै उनले द टाइम्ससँग भनेजस्तो नभए बेलायत युरोपियन युनियनबाट तत्काल बाहिरिनु पर्ने बताएका छन् ।

यता राष्ट्रपति ट्रम्पको भ्रमणको विरोधमा बेलायतका विभिन्न स्थानमा प्रदर्शनको तयारी गरिएको छ ।

लण्डन, म्यानचेस्टर, बेल्फास्ट, लगाएतका स्थानमा प्रदर्शनकारीले र्‍यालीको तयारी गरेको बिबिसीले उल्लेख गरेको छ ।(एजेन्सी)

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा डंगोल नियुक्त

काठमाडौँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन् । गत …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds