कसरी बढ्छ युरिक एसिड? नियन्त्रण गर्ने कसरी ?

काठमाडाैँ । शरीरमा प्रोटिन मोटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ। यो शरीरमा नभइ नहुने महत्वपूर्ण तत्व हो। तर, जीवनशैलीका कारण कतिपय अवस्थामा शरीरमा युरिक एसिड बढ्ने गर्छ। जसले गर्दा जोनीको दुखाई, मधुमेअ र पिसाबका समस्या आउने गर्छ।

शरीरमा युरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्राम प्रतिलिटर भए त्यसलाई सामान्य मानिन्छ। तर, रगतमा युरिक एसिडको मात्रा सात मिलिग्रामभन्दा बढी भएमा हाइपरयुरिसेमिया भएको मानिन्छ।

कतिपय अवस्थामा हाइपरयुरिसेमिया भएको अबस्थामा पनि जोर्नी दुख्ने र सुन्निने हुँदैन। तर, बिस्तारै जोनीवरपरको मासु र कार्टीलेजमा युरिक एसिड जम्मा हुन थालेपछि भने दुख्ने, सुन्निने हुन्छ।

ढाड र जोर्नी दुख्ने, जाम हुने र हातखुट्टा झमझमाउनेलाई युरिक एसिड भएको भन्ने आमधारणा छ। जुन गलत हो।

विहान उठ्दा बुढी औँला दुख्ने, सुन्निने तथा हिँड्न अप्ठ्यारो हुने युरिक एसिडका लक्षण हुन्।

यस बाहेक कुर्कुच्चा, घुँडा, कुहिना र औँलाका जोर्नीमा दुखाइ हुन थाल्छ।

शरीरमा प्रोटिनको मात्रा वढी भएमा युरिक एसिड बढ्छ। यसका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ।

रातो मासु, सी फुड, दाल, राजमा, च्याउ, बन्दाकोभी, मटर, भिण्डिी लगायतका खाद्यान्नको मात्रा वढी हुँदासमेत युरिक एसिड बढ्न सक्छ। यस्ता खानेकुरा ठिक्क मात्रामा खानुपर्छ।

दैनिक भोजनमा करिब पाँच सय ग्राम भिटामिन समावेश गर्न जरुरी छ। जबर्जस्ती कसरथ र तौल कम गर्दा समेत युरिक एसिड हुन्छ।

उच्च औषधिको सेवन, थाइराइडमा समस्या, आइरनको मात्रा बढेमा र मदिरापानले पनि युरिक एसिड बढ्छ। तसर्थ, यस्ता चिजबाट बच्न जरुरी छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गर्‍यो ‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रम (फोटो फिचरसहित)

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले ‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रम’ कार्यक्रम सम्पन्न गरेको छ …

प्रतिकृया दिनुहॊस