बैंकिङ प्रणालीमा थपियो २ खर्ब पुँजी

काठमाडाैँ । चार वर्षको अवधिमा बैंकिङ प्रणालीमा झन्डै २ खर्ब रुपैयाँ पुँजी थपिएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बैंकिङ प्रणालीमा पुँजी थपिएको खबर आजको राजधानी दैनिकमा कमला अर्यालले लेखेकी छन्।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ३० खर्ब १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। २०७२ सालमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी १ खर्ब ४१ अर्र्ब ६ करोड रुपैयाँ थियो।

त्यस यता चार वर्षको अन्तरालमा बैंकिङ प्रणालीमा १ खर्ब ६० अर्र्ब ३ करोड रुपैयाँ थपिएको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजीको पछिल्लो अवस्था सार्वजनिक गरेको हो।

राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म वाणिज्य बैंकको चुक्ता पुँजी २ खर्ब ४७ अर्र्ब ६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा बैंकहरूको चुक्ता पुँजी २ खर्ब ८२ अर्र्ब ५ करोड रुपैयाँ पुगेको थियो।

त्यस अवधिमा वाणिज्य बैंकहरूको २ खर्ब ३१ अर्र्ब ५ करोड रुपैयाँ, विकास बैंकहरूको ३८ अर्र्ब रुपैयाँ तथा वित्तीय कम्पनीको १३ अर्र्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

२०७२ असार मसान्तमा वाणिज्य बैंकहरूको पुँजी ९८ अर्र्ब ३ करोड रुपैयाँ थियो । चार वर्षको अवधिमा वाणिज्य बैंकको पुँजी १ खर्ब ४९ अर्र्ब ३ करोड रुपैयाँ बढेको छ।

त्यस्तै, विकास बैंकहरूको चुक्ता पुँजी ३९ अर्र्ब ९ करोड रुपैयाँ तथा वित्त कम्पनीहरूको चुक्ता पुँजी १४ अर्र्ब ४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आठ गुणाले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले निक्षेपको तुलनामा कर्जा बढी लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा भएको वृद्धिभन्दा कर्जा विस्तार बढी भएकाले लगानीयोग्य साधनमा दबाब कायमै रहेको जनाएको छ।

निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी भएकाले वित्तीय स्थायित्व प्रभावित हुन सक्ने जोखिम रहेको राष्ट्र बैंकले सो समीक्षामा भनेको छ ।
चैतमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १० दशमलव ६ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १० दशमलव १ प्रतिशतले बढेको थियो । निजी क्षेत्रमा प्रवाहित कर्जा १६ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६ दशमलव ९ प्रतिशतले बढेको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सैनामैनामा डिसहोमको सेवा केन्द्र

काठमाडौं । सैनामैनामा डिसहोमले नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । सैनामैना नगरपालिकाको नगर प्रमुख …

प्रतिकृया दिनुहॊस