मैलुङ–स्याफ्रुबेँसी सडकमा सुरुङ बनाउने प्रस्ताव

रसुवा । रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक खण्डमा सुरुङ बनाउने प्रस्ताव अघि बढाइएको छ ।

सुरुङ निर्माणका लागि प्रतिवेदन निर्माण गरेर सडक विभागमा पठाइएको छ । प्रतिवेद अनुसार मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर दूरी रहने छ । सुरुङ निर्माणको लागि ३८ अर्ब रुपयाँ लाग्ने छ ।

प्रतिकिलोमिटर दुई अर्ब रुपयाँ खर्च हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । नेपाली सेनाले एक वर्षअघि ट्रयाक खोलेर योजनालाई हस्तान्तरण गरेको थियो ।

दुई वर्षभित्र स्तरोन्नतिको काम सकिने गरी प्रक्रिया अघि बढाइए पनि सुरुङ निर्माण गर्ने की स्तरोन्नतिको काम गर्ने भन्नेमा अलमल भएपछि काम सुरु हुन नसकेको योजना प्रमुख नारायण दत्त भण्डारीले बताए ।

२०७५ जेठ ६ गते सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन् । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।

वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्न परेको कारण निर्माण कार्य पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ ।

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईलाई भोलि मात्रै अदालत लगिने

काठमाडौं । साइबर अपराधको कसुरमा समातिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईको म्याद थप भोलि (बुधबार) हुने …

प्रतिकृया दिनुहॊस