पाँचथरको सामूहिक हत्या अनुसन्धान गर्न एसएसपी खत्री नेतृत्वमा टोली परिचालन

काठमाडाैँ । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा सोमबार ज्वाइँ-ससुराको घरका नौ जनाको मनसाययुक्त हत्या भएको छ।

नकाव लगाएर मध्यराति आएको समूहले ज्वाइँ–ससुराको घरमा हत्याकाण्ड मच्चाएको हो। भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमले नकाव लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताइन्। उनको स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार भइरहेको छ।

धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारमा कसले किन हत्या गरायो यसको कारण खुल्न नसकेको पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए।

‘घटनास्थल सिल गर्न लगाएर गरेर हामी सदरमुकामबाट हिँडेका छौं,’ कुँवरले भने। घटनास्थल सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ। प्रहरीका अनुसार धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चार जनाको शव घरभित्र र बाहिर विभत्स अवस्था भेटिएको छ।

हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू छन्।

दशमीबजारस्थित प्रहरी चौकीको टोली र रबि प्रहरीले घटनास्थल सुरक्षित गरिरहेको छ।

एक नम्बर प्रदेश प्रहरीका अनुसार हत्या अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय सुनसरीबाट प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्री आफैं हिँडेका छन्। उनीसँगै क्षेत्रीय अनुसन्धान समूह पनि अनुसन्धानका लागि पाँचथर हिँडेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको प्रारम्भिक अनुसन्धानपछि टोली पठाउने तयारी गरेको छ।

‘यहाँबाट अनुसन्धानमा टोली पठाउने तयारी भइरहेको छ,’ ब्युरो निर्देशक निरजबहादुर शाहीले भने।

बारेमा news

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस