मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा दुख्यो ? हाेसियार हुनुस्

काठमाडाैँ । मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा दुख्यो भने मुटु दुखेको शंका गर्नुपर्छ । यस्तो मुटुको दुखाइ छातीमा ढुंगाले थिचेको जस्तो हुने, डोरीले बाँधेको जस्तो, मुठ्ठीले थिचेको जस्तो, आगोले पोलेको जस्तो हुन्छ । यस्तो दुखाइ दायाँ–बायाँ कुम, पाखुरा, घाँटी तथा चिउँडोतिर सर्ने गर्दछ ।

धेरैजसो मानिसले दम बढ्यो भने फोक्सोमा खतरा भएको भनि सोच्दछन् । यो केही सत्य भए पनि दम खोकीको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि हुने गर्छ । परिश्रम गर्दा उत्पन्न दम धेरैजसो मुटुकै कमजोरीले हुने गर्छ ।

खुट्टाको घुँडादेखि कुर्कुचासम्म अगाडिपट्टिबाट रहेको लामो हड्डीमाथि औँलाले थिच्दा खोपिल्टा बस्यो भने खुट्टा सुन्निएको रहेछ भन्ने बुझ्नुपर्छ ।

घाँटीको बाहिर दायाँ वा बायाँतर्फ रक्तनली फुलेको छ भने मुटुभित्रको चाप बढ्यो भन्ने बुझ्नुपर्छ । मुटु कमजोर भएमा मुटुभित्रको चाप बढ्छ । यस्तो अवस्थामा घाँटीबाहिरका नसा राम्रोसँग फुलेको देखिन्छ ।

स्वस्थ मानिसको औँलाका टुप्पा चिटिक्क परेका थेप्चा हुन्छन् । मुटुमा समस्या भएका मान्छेको औँलाका टुप्पा
बाक्लो हुन्छ ।

रक्तचाप बढ्यो भने टाउको दुख्छ, चक्कर लाग्ने हुन्छ । कहिलेकाहीँ मुटुको धड्कन ढिला भयो भने चक्कर लाग्ने हुन सक्छ । १ मिनेटमा ६० देखि १०० पल्ट धड्कनुपर्ने मुटु प्रतिमिनेट ४५ भन्दा कमपल्ट धड्कियो भने चक्कर लाग्ने हुन्छ ।

क्षयरोग र क्यान्सर लाग्दा मात्र हैन, कहिलेकाहीँ मुटुमा समस्या हुँदा पनि कफमा रगत देखापर्ने हुन सक्छ । जोर्र्नीहरू दुख्ने र ज्वरो आउने, हातखुट्टा, ओठ आदि झड्का दिँदै अनियन्त्रित रूपमा चल्ने, छातीमा हात राख्दा बेग्लै आवाज आउनेजस्ता लक्षण देखापरे मुटुरोग लागेको हुन सक्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस