तल्लो सोलु ७५ प्रतिशत पूरा

काठमाडौं । ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको ७५ प्रतिशत निर्माण पूरा भएको छ । २०७३ साउनदेखि सोलुखुम्बुको सोलु खोलामा निर्माण सुरु भएको आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाको बाँध क्षेत्रको संरचना तयार भएको सोलु हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक आशिष गर्गले बताए ।  भूमिगत डिसेन्डरको काम अन्तिम चरणमा छ ।यस्तै आयोजनाको मुख्य सुरुङ छेडिन अब ८ सय मिटर बाँकी छ । ४.२ किलोमिटर लामो सुरुङमध्ये ३.४ किलोमिटर खनिएको उनले बताए । बाँकी सुरुङ आगामी भदौभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजनाको सुरुङमा भौगर्भिक समस्या देखिएको छ । कमजोर भूगर्भका कारण लेदो माटो र पानी झरिरहेकाले कामको गति केही सुस्त भएको कम्पनीले जनाएको छ । विद्युतगृहमा सिभिल संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।

विद्युतगृहको सिभिल संरचना असारभित्र सम्पन्न गर्ने कम्पनीको दाबी छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि भइरहेको छ । आयोजना सम्पन्न गरेर आगामी मंसिर मसान्तदेखि विद्युत उत्पादन गर्ने तालिका छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा, २६ करोड बढी रकम पाउने बाटो खुल्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन …

प्रतिकृया दिनुहॊस