सानिमा लाईफ ईन्स्योरेन्सको शाखा जुम्लामा विस्तार गरिएको छ । ईन्स्योरेन्स कम्पनीका महाप्रवन्धक शिवराज तिमिल्सीनाको अध्यक्षता तथा जिसस उपप्रमुख कार्मा बुढाको प्रमुख आतिथ्यतामा शाखाको उद्घाटनसंगै सेवा शुचारु गरिएको छ ।
समयको विकास संगै मानविय तथा व्यापारिक जीवनमा जोखिमहरु बढ्दै गएका छन् । कुनै पनि ढंगबाट सबैको भविष्य असुरक्षित छ । भविष्यको पुस्ताको सुरक्षा र जोखिम न्युनिकरणका लागि बिमा अति आबश्यक कुरो ।
जो बल्ल बल्ल कर्णालीका नागरिकले बुझ्दै छन् । जति समयको विकास हुदै उतिनै जोखिम बढ्दै छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले सुरक्षित भविष्यका लागि जीवन बीमा अनिवार्य भन्ने चेतनाको पहुँचमा नागरिक पुगेका छन् ।
सानिमा लाईफ ईन्स्योरेन्सका नमुना ३ बिमा योजना
शाखा उद्घाटन संगै सेवा शुचारु गरेको सानिमा लाईफ ईन्स्योरेन्सले ३ वटा नमुना बिमा योजना लागु गर्ने बताएको छ । कम्पन्नीका मुख्यबजार व्यवस्थापक गणेश चैलागाईका अनुसार बिमांक रकम सहित दोब्बर बोनस सहित दाबी भुक्तानी दिने बताए ।
सानिमा जीवनश्री बिमा, शुभलक्ष्मी जीवन बिमा र दम्पत्ति जीवनले उत्कृष्ट सेवा दिने उल्लेख गरे । यी तिनै बिमा योजनामा जम्मा गरेको दोब्बर बिमांक रकम र बोनस पनि ३५ प्रतिशत छुटै दिने छ ।
सबैका लागि बिमा जीवन बिमाका लागि सानिमा भन्ने मुल नाराका साथ यी तीन योजना सहित गाउँ गाउँमा गएर नागरिकलाई बिमाको पहुँचमा ल्याउने बताए ।
बेरोजागरीको न्युनिकरणका साथै बिमाको पहुँचमा विस्तार गर्न शाखा जुम्लामा विस्तार भएको छ । बिमाको पहुँच संगै चेतना विस्तारमा पनि कम्पन्नी गाउँगाउँमा पुग्ने जुम्ला शाखा प्रबन्धक रवि नेपालीले बताए ।



