तल्लो जोगमाई आयोजना निर्माण हुने

काठमाडौँ । तल्लो जोगमाई जलविद्युत आयोजना निर्माण हुने भएको छ । इलाम र सूर्योदय नगरपालिका तथा जोगमाई गाउँपालिकामा संरचना रहने एसियन हाइड्रो पावर कम्पनीले आयोजना निर्माण गर्न लागेको हो ।

नदीको वहावमा आधारित (आरओआर) आयोजनाको बाँध क्षेत्रका सबै संरचना खोलाको बायाँ किनारमा सूर्योदय र जोगमाईको सीमामा निर्माण हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको पाइप लाइन र विद्युतगृहका संरचना जोगमाईको वडा नम्बर–४ मा निर्माण गरिनेछ । विद्युतगृह माई खोला र जोगमाई खोलाको दोभानभन्दा १ किलोमिटर टाढा निर्माण हुनेछ ।

कम्पनीले सम्भाव्यता अध्ययन पूरा भएको आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन विद्युत विकास विभागमा पेस गरेको छ । विभागले आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रमा पर्न सक्ने वातावरणीय प्रभावबारे सरोकारवालासँग राय सुझाव मागेको छ ।

आयोजनासँग जोडिएका सरोकारवालाले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय सुझाव मागेको हो ।

आयोजना अबको २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजनाले २०७८ साउन १ गतेबाट व्यवसायिक विद्युत उत्पादन गर्नेछ । आयोजनाले वार्षिक ३५.९२ गिगावाट घन्टा विद्युत उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत काबेली कोरिडोरको १३२ केभी गोदक सबस्टेसनमा लगेर जोडिनेछ । विद्युतगृहदेखि सबस्टेसनसम्मको दुरी ४ किलोमिटर छ । सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन कम्पनीले निर्माण गर्नेछ ।

ऊर्जा खबरबाट 

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस