सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनैपनि शाखाबाट प्राप्त गर्न सकिने भएको छ ।

यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले देशभर फैलिएका ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस