प्रतिवन्धित भारतीय नोट सहित ६ जना पक्राउ

काठमाडौं ।  एक हजार र पाँच सय दरका गरी करिब १५ लाख ९० हजार ५ सय प्रतिवन्धित भारतीय नोट सहित काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित होटल मेट्रो ईनबाट ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं स्वयम्भू बस्नेहरु धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-४ का २१ वर्षीय शम्भु परियार, दोलखा तामाकोशी गाउँपालिका-३ का २३ वर्षीय राम बिक्रम खड्का, कास्की पोखरा महानगरपालिका-५ का ४० वर्षीय सन्तोष थापा, बाग्लुङ बडिगाड गाउँपालिका-५ का ३२ वर्षीय नबिन थापा तथा काभ्रेपलान्चोक तेमाल गाउँपालिका-६ का ३६ वर्षीय राजेन्द्र तामाङ र काठमाडौं नयाँबजार बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-६ का ३७ वर्षीय धनध्वज तामाङ छन् ।
नेपाल तथा भारतमा समेत कारोवार गर्न प्रतिबन्ध लगाइएको भारतीय १ हजार र ५ सय दरको नोटहरु साथमा बोकी सर्वसाधारण मानिसहरुलाई बिभिन्न प्रलोभन देखाई ठगी गर्न लागीरहेको भन्ने सूचना प्राप्त हुनासाथ सो परिसरबाट खटिएको प्रहरी टोलीले आइतबार राति पक्राउ गरेको  हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस