नेपाल मेडिसिटीले विरामी र नर्सहरुको सुरक्षामा काम गर्ने

काठमाडाै । नेपाल मेडिसिटी अस्पतालले विरामीहरुको उपचारजन्य सुरक्षा, नर्सहरुको पेशागत तथा वृति विकासका लागि सुरक्षाका कार्यक्रमहरुको घोषण गरेको छ ।

अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाउने क्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकारी सुधाकर जयरामले नेपाल मेडिसिटी अस्पतालले विरामी, नर्स तथा सम्पूर्ण कर्मचारीहरुको सुरक्षामा विशेष ध्यान दिएको बताए ।

अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाउने क्रममा अस्पतालका अध्यक्ष डा.उपेन्द्र महतो सहित सयौं नर्सहरु नेपाल मेडिसिटी अस्पताल देखि पाटन दरबार स्क्वायर सम्म वाकाथनमा सहभागी भई “नर्सहरुको आवाज सबैका लागि स्वास्थ्य” नारालाई सार्थक बनाउन लागी परिरहेका थिए ।

पाटन दरबार स्क्वायरमा नर्सहरुले संक्रमण र हात धुने तरीका बारे नाटक समेत प्रस्तुत गरेका थिए ।

आजै अस्पतालमा भएको औपचारिक कार्यक्रममा अस्पतालका अध्यक्षले डा. महतोले नर्सहरुले सत् विचार र सत् कर्ममा ध्यान दिई विरामीहरुको सेवामा लाग्न पर्ने बताउनु भयो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी सुधाकर जयरामले यस वर्ष नेपाल मेडिसिटी अस्पतालले विरामी, नर्स तथा सबै स्टाफहरुको सुरक्षामा विशेष ध्यान दिने बताए ।

कार्यक्रममा अस्पतालका ओटी, गाईनो तथा इमरजेन्सीका नर्सहरुले विभिन्न गितहरुमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

नेपाल मेडिसिटी अस्पतालमा साताब्यापी कार्यक्रमहरुका क्रममा अन्तर हाजिरी जवाफ प्रतियोगिता सहित कार्यशाला गोष्ठीको समेत आयोजना गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस