११ जलविद्युत् कम्पनीको सेयर मूल्य सयमुनि

काठमाडौं । नेपाल स्टाक एक्सचेन्जमा जलविद्युत् क्षेत्रका २६ कम्पनीको सेयर सूचीकृत भएका छन् । सूचीकृत कम्पनीमध्ये हाल ११ वटा कम्पनीको सेयर मूल्य एक सय रुपैयाँभन्दा तल झरेको छ ।

ती कम्पनीमा छ्याङ्दी हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, माउन्टेन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, कालीका पावर कम्पनी, रैराङ हाइड्रोपावर, रिडी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, वरुण हाइड्रोपावर, नेसनल हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावर छन् ।

हाइड्रोपावरको नियमनकारी निकाय नहुँदा पछिल्लो समय हाइड्रो क्षेत्रका केही कम्पनीको अवस्था दयनीय बन्दै गएको छ ।

लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले बैंकिङ तथा वित्तीय क्षेत्रलाई नियमन गर्ने निकाय राष्ट्र बैंक रहेको छ भने बिमा क्षेत्रलाई नियमन गर्ने बिमा समिति भए पनि जलविद्युत् क्षेत्रलाई नियमन गर्ने निकाय नहुँदा समस्या देखिएको बताए । जलविद्युत् कम्पनी सञ्चालनको अनुमति लिने तर समयमा सम्पन्न नहुने प्रवृत्तिले अहिले लगानीकर्ताको लगानीसमेत डुब्दै छ ।

दर्ता भइसकेका कम्पनीले पनि समयमा लाभांश वितरण नगर्ने, वित्तीय विवरण पारदर्शी नबनाउने, सञ्चालकले समेत बदमासी गर्ने हुँदा हाल एक थरी लगानीकर्तामा जलविद्युत् क्षेत्रमा तत्काल विश्वास नहुँदा अधिकांश जलविद्युत् कम्पनीको सेयर अंकित मूल्यभन्दा तल कारोबार भइरहेको बास्तोलाले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस