माथिल्लो त्रिशूली थ्री ए को परीक्षण सकियाे, वैशाखभित्रै ३० मेगावाट बिजुली उत्पादन हुने

काठमाण्डौ । माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो ।

सोमबार विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्वाइनमा झारिन्छ र त्यसबाट जेनेरेट, कन्ट्रोल प्यानेललगायतका उपकरणहरु डिजाइन अनुसार चले/नचलेको हेरिन्छ । विद्युत् भने उत्पादन हुँदैन ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री