चिनी आयातको बन्देज अवधि लम्बियो, अझै ३ महीना विदेशी चिनी ल्याउन नपाइने

काठमाडौं । विदेशबाट गरिने चिनी आयातमा सरकारले लगाएको परिमाणात्मक बन्देज असार मसान्तसम्म लम्बिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भई गत वर्ष असोज २ गतेदेखि लगाइएको बन्देजको अवधिलाई २०७६ असार मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो । योसँगै अब थप तीन महीनासम्म विदेशबाट चिनी आयात गर्न नपाइने भएको छ ।

चिनी उत्पादक संघको माग बमोजिम सरकारले गत वर्ष मन्त्रिपरिषद्को बैठकबाट वार्षिक १ लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाइने गरी कोटा निर्धारण गरिएको थियो । सरकारको यो निर्णय आउनुभन्दा अघि नै कोटाभन्दा बढी चिनी आयात भइसकेकाले गत वर्ष असोजदेखि यता नेपालमा विदेशबाट चिनी भित्रिएको छैन ।

सरकारको निर्णयले आयातकर्ताले नेपाल ल्याउँदै गरेको हजारौं मेट्रिक टन चिनी भन्सारमै रोकिएका थिए । यही वैशाख २ गते प्रकाशित मिति राखेर राजपत्रमा प्रकाशित गरिएको सूचना सोमवार मात्रै मुद्रण विभागको वेबसाइटमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस