सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिर प्रसाद दाहाल नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा समिर प्रसाद दाहाललाई नियुक्त गरेको छ ।

बैंकले हाल सी.वी.आई.एल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका दाहाल बैशाख २० गतेबाट लागु हुने गरी बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

करिव १६ वर्ष अघि बैंकिङ्ग करियर थालेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन् । ६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा यस बैंकसँग आबद्ध दाहाल यस अघि बैंकको भगिनी संस्था सी.वी.आई.एल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।

उनले वित्त तथा योजना तर्जुमा विभाग, आई. टी, संचालन विभाग, कर्जा प्रसाशन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपुर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गरिमा बैंकद्धारा १८औं वार्षिकोत्सवको अवसरमा ‘Garima Road Race Competition -2081’ आयोजना गरिने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मिति २०८१ मंसिर ८ गते शनिवार …

प्रतिकृया दिनुहॊस