महालक्ष्मी विकास बैंक र युनिभर्सल कलेज अफ मेडिकलबीच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेन्ज भैरहवाबीच मेमोरन्डम अफ अनडरस्टयाण्डिङ सहकार्यका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा कलेजका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पिएस र बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले सयुक्त रुपमा हस्ताक्षर गरे ।

सम्झौतापछि  बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट दिइनेछ । जसअनुसार जनरल बेडमा २० प्रतिशत, सामान्य ल्याब परीक्षण, जनरल सर्जरी, डेन्टल (जनरल) र रेडियोलोजी (एक्स–रे) मा १० प्रतिशत छुट प्रदान गरिनेछ । त्यस्तै, दन्तरोग सम्बन्धि सामान्य परीक्षण (दाँतमा किरा लाग्ने समस्या)को उपचार निःशुल्क गरिनेछ ।

हालसम्म बैंकले देशैभरी ९३ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदा नगर्दै आएको छ । बैंकले रुपन्देही, कपिलवस्तु र नवलपरासी गरी १२ वटा शाखा मार्फत् सेवा दिइरहेकोे छ । बैंकले रुपन्देहीमा मात्रै करिब ४८ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर …

प्रतिकृया दिनुहॊस