लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आगामी वैशाख २५ गते विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले चुक्ता पुँजीको २० प्रतिशत (अर्थात १० बराबर २ अनुपातले) हकप्रद सेयर जारी गर्न एकाएक विशेष साधारणसभाको मिति तोकेको हो ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।

उक्त विशेष साधारणसभामा जाने प्रयोजनको लागि संस्थाले आगामी वैशाख १५ गते एक दिनको लागि कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शिखर इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण

काठमाडौं  । शिखर इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाको  समाग्री वितरण गरेको छ   । इन्स्योरेन्सले …

प्रतिकृया दिनुहॊस