देवः विकास बैंकका ५.५% बोनस शेयर प्रस्ताव

काठमाडौं । देवः विकास बैंकले ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको हाल चुक्तापूँजी रू. २ अर्ब ५३ करोड रहेको छ । ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि बैंकको चुक्तापूँजी रू. २ अर्ब ६७ करोड पुग्नेछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैङ्कद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामाग्री वितरण (तस्वीरहरु)

काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लागि राहत …

प्रतिकृया दिनुहॊस