साञ्जेन र रसुवागढीको आइपिओ खुल्यो, कतिसम्म पाइन्छ भर्न ?

काठमाडाैँ । आजदेखि साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी जलविद्युत कम्पनीको आइपिओ बिक्री खुला भएको छ । लगानीकर्ताले न्युनतम १० कित्तादेखि आवेदन दिन पाउनेछन् । रसुवागढीले ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणको लागि खुला गरेको हो ।

कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणका लागि सो परिणामको आइपिओ बिक्री खुला गरेको हो । यसैगरी साञ्जेनले पनि कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २ सय ५० कित्ताका लागि आवेदन खुलाएको हो ।

साञ्जेनमा अधिकतम २ हजार र रसुवागढीमा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस