इन्डोनेसियामा बाढीका कारण ४२ जनाको मृत्यु

काठमाडाैँ । इन्डोनेसियाको पूर्वी प्रान्त पापुएमा बाढीका कारण कम्तिमा ४२ जनाको ज्यान गएको छ । अरु २१ जना घाइते भएको स्थानीय विपद व्यवस्थापन निकायका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रान्तको राजधानी जयापुरा नजिकको सेनतानी क्षेत्रमा शनिबार रातिदेखि परेको मूसलधारे पानीका कारण बाढी आएको हो ।

बाढीका कारण कम्तिमा ९ वटा घर तथा दुईवटा पुल क्षतिग्रस्त भएका छन् । बाढी प्रभावित सबै क्षेत्रमा उद्धार तथा राहतकर्मी पुग्न सकेका छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्टर्न युनियनद्वारा विजेताको नाम सार्वजनिक, शबानाले जितिन् १ लाख

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको आफ्नो नयाँ वर्ष लक्षित “नगदमा …

प्रतिकृया दिनुहॊस