वर्ष दिनभित्रै नेपालमा गाडी उत्पादन सुरू, ४० प्रतिशतसम्म सस्तिने

काठमाडाैं । अबको एक वर्ष्भित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो । यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी स्विकृति पाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।

मोट्रेक्स कम्पनीले प्रस्ताव गरेको भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्ब्ली प्लान्टका लागि लगानी बोर्डबाट स्वीकृत भएको छ,’ उनले भने, ‘सन् २०२० को जनवरीभित्र प्लान्ट स्थापना गर्ने सर्तसहित लगानी स्वीकृत भएको हो ।’

मोतीपुर औद्योगिक क्षेत्रमा प्लान्ट लगाउन अध्ययन

कम्पनीले आद्योगिक मोतीपुर औद्योगिक क्षेत्रभित्रै प्लान्ट स्थापना गर्न अध्ययन गरिरहेको सिइओ अधिकारीले बताए । उनका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पहिचान गरेको औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गर्न कम्पनीले अध्ययन गरिरहेको छ ।

‘औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकै प्रस्तावमा लगानी बोर्डले सो औद्योगिक क्षेत्र विकासलाई पनि परियोजनाकै सूचीमा राखेको छ,’ उनले भने । कम्पनीले गाडी उत्पादनका लागि ‘ट्याक्स फ्रि’ तथा ‘ट्याक्स होलिडे’ जस्ता सुविधाको व्यवस्था गर्न माग गरिरहेको छ । ‘कम्पनीलाई के–कस्ता छुट तथा सुविधा दिन सकिन्छ भन्नेबारे बोर्ड छलफलकै क्रममा छ,’ उनले भने ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा कवाड व्यवसायीको बृहत भेला

काठमाडौं । कवाड व्यवसायीहरुको पेशागत सुरक्षा, सम्मान एवं समृद्धिका लागि काठमाडौंको बालाजुमा आज बृहत भेला …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds