मुक्तिनाथ विकास बैंकले एकै दिन दुई नयाँ शाखा विस्तार

भक्तपुर । मुक्तिनाथ विकास बैंकले एकै दिन दुई नयाँ शाखा विस्तार भएको छ । बैंकले भक्तपुर जिल्लाको ठिमी र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा औपचारिक रुपमा नायँ शाखा कार्यालय विस्तार गरेको छ ।

ठिमी शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल तथा बनेपा  शाखाको समुद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठले गरे ।

हालसम्म बैंकले मुलुकभर १ सय १४ वटा शाखा, २० वटा एटिएम मार्फत करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एविविएस जस्ता सुविधाहरु उपलब्ध गराउदै आएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता

काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका …

प्रतिकृया दिनुहॊस