युवालाई रोजगारी दिन कालिकोटमा श्रम बैंक, पहिलो चरणमा दुई सय युवायुवतीलाई रोजगारी

कालिकोट । रास्कोट नगरपालिकाले बेरोजगार युवालाई रोजगारी दिन श्रम बैंक सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रममार्फत श्रम बैंकको सुरुवात गरिएको हो ।

युवालाई गाउँमै रोजगारी दिन श्रम बैंकको सुरुवात गरिएको मेयर काशीचन्द्र बरालले बताए । ‘श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्र नै रोजगारी दिने लक्ष्य राखेर श्रम बैंकको स्थापना गरेका छौँ । यसैमार्फत युवालाई निर्माणमा खटाउँछौँ , उनले भने । नगरपालिकाभित्र कुनै पनि युवालाई बेरोजगार नराखिने उनको भनाइ छ ।

नगरका सबै वडाबाट बेरोजगार युवा समेटेर श्रम बैंक स्थापना गरिएको हो । जसमा १८ देखि ४९ वर्षसम्मका बेरोजगार महिला–पुरुष सदस्य रहेका छन् । पहिलो चरणमा दुई सय युवायुवतीलाई रोजगार दिइने मेयर बरालले बताए ।

उनीहरूको क्षमताअनुसार काममा लगाइने जनाएको छ । विशेष गरेर विकास निर्माणका काममा लगाइने जनाएको छ । कामअनुसार नै ज्याला पनि दिइने मेयर बरालले बताए । नयाँ पत्रिका दैनिकबाट ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने

काठमाडौँ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका …

प्रतिकृया दिनुहॊस