काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा.लि., सामसङको नेपालमा आधिकारिक बितरकले काठमाडौंको सोल्टी क्राउन प्लाजामा डिलर्स मिट सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीले सामसङ क्यू एलईडी टिभी (दि नेक्स्ट इनोभेसन इन टिभी) नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यसका विशेषताहरुः
सामसङ क्यूएलईडी टिभीहरुमा सतप्रतिशत कलर भोल्यूम तथा १० लाखभन्दा बढि रंगहरुको संयोजन गरिएको छ ।
बोल्ड कन्ट्रास, दिन वा रात्री
दिउँसोको समयमा उज्यालो कोठामा टिभी हेर्नु निकै चुनौतीपूर्ण हुने गरेको छ, तर सामसङको क्यूएलईडीले सूपेरियर पिक ब्राइटनेसको माध्यमबाट त्यसलाई कटाएर स्क्रीनको आवश्यक भागमा मात्र चहकिलो बनाउँछ ।
क्यूवेईङ एंगल
हरेक एंगलबाट टिभी हेर्न सकिन्छ । कलर हरेक कुनाबाट उत्तिकै स्पष्ट हुन्छ, त्यसैले प्रत्येक सिट उत्कृष्ट सिट हुने हिम इलेक्ट्रोनिक्सले जनाएको छ ।
तपाईंको प्रतिकृया




