ब्याजदर समस्या समाधान गर्न महासंघको टोलीले गभर्नरलाई भेट्दै

काठमाडौं । बैंकको व्याजदर वृद्धि समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघको टोलीले आज नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको ध्यानाकर्षण गराउने भएको छ । बैंकको ब्याजदरका विषयमा देखिएका समस्या अझै समाधान नभएको भन्दै सोमबार बसेको महासंघको बैठकले गभर्नर नेपाललाई भेटेर ब्याजदरको समस्या तत्काल समाधान गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले आजै गभर्नरको समय मिलाएर भेट्न जाने कार्यक्रम रहेको जानकारी दिए । ब्याजदरको समस्या तत्कालै समाधान नभए उद्योगी–व्यवसायीहरु समस्यामा पर्ने भन्दै यस विषयमा गभर्नर जानकारी गराइने उनले बताए ।

महासंघले ब्याजदरका विषयमा देखिएको समस्या कार्यदल बनाएर समाधान गर्ने समेत निर्णय गरेको छ । महासंघले आफ्नै कार्यदल बनाउने र उक्त कार्यदलले सिफारिस गरे अनुसारले काम गर्ने निर्णय गरेको हो ।

बैठकमा कार्यदलको संयोजकमा उपाध्यक्ष प्रधानलाई प्रस्तावसमेत गरिएको थियो । उपाध्यक्ष प्रधानको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाउने कार्यसमितिबाट प्रस्ताव आए पनि संयोजक भने नतोकिएको प्रधानले बताए । आफूलाई संयोजक बन्न प्रस्ताव आए पनि व्यक्तिगत कामका कारण समय दिन नसक्ने आफूले उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौँ । गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर …

प्रतिकृया दिनुहॊस