संसारको सबैभन्दा स्वस्थ देशको सूचीमा नेपाल ११० औं स्थानमा, पहिलो नम्बरमा कुन देश छ ?

काठमाडाैँ । संसारको सबैभन्दा स्वस्थ देशको सूचीमा नेपाल एक सय दशौं स्थानमा परेको छ । यो सूचीको शीर्ष स्थानमा स्पेन रहेको छ भने इटलीले दोस्रो स्थान ओगटेको छ । आइसल्याण्ड, जापान र स्विटजरल्याण्ड क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।

ब्लूमबर्ग हेल्दियस्ट कन्ट्रि इन्डेक्सले संसारभरीका एक सय ६९ देशको स्वास्थ्य सम्बन्धी मूल्यांकन गरेपछि यो सूची तयार गरेको हो ।

दक्षिण एशियाली देशको कुरा गर्नु पर्दा श्रीलङ्का ६६ औं नम्बर छ, बंगलादेश ९१ औं स्थानमा छ भने भारत ११९ औं स्थानमा छ । भारतभन्दा नेपाल ९ स्थान अघि छ ।

चीन ५२ औं स्थानमाः 

यो सूचीमा नेपालको छिमेकी देश चीनको स्थान निकै राम्रो छ । गत वर्षको तुलनामा चीन माथि उक्लिएको छ । सन् २०१७ मा चीन ५५ औं स्थानमा थियो भने २०१८ मा तीन स्थान उक्लँदै ५२ औं नम्बरमा पर्न सफल छ । ब्लूमबर्ग हेल्दियस्ट कन्ट्री इन्डेक्सको सन् २०१९ औं संस्करणका लागि एक सय ६९ देशलाई समावेश गरिएको थियो । यसमा विभिन्न तथ्यलाई ध्यानमा राखेर सूची तयार गरिएको छ जसमा जनताको समग्र स्वास्थ्य अवस्थाबाहेक संक्रमित र गैर–संक्रमित रोगबाट हुने मृत्यु र औसत आयुलगायत विश्लेषण गरिएको थियो ।

स्वास्थ्यमा सबैभन्दा धेरै खर्च गर्छ अमेरिकाः

अमेरिका ती देशमा समावेश छ जो आफ्ना प्रत्येक नागरिकका लागि ११ हजार डलर खर्च गर्दछ जुन संसारकै धेरै हो । यति हुँदा हुँदै पनि अमेरिका ३५ औं स्थानमा छ र पछिल्लो तीन वर्षदेखि त्यहाँको औसत आयु लगातार घटिरहेको छ ।

यस्तै, इंगल्याण्ड सरकारले आफ्ना प्रत्येक नागरिकको स्वास्थ्यमा चार हजार डलर खर्च गर्छ । यो सूचीमा इंगल्याण्ड १९ औं स्थानमा छ । सन् २०१७ मा यो देश २३ औं स्थानमा थियो ।

जुन देश यो सूचीको अग्र स्थानमा छन्, ती त्यस्ता देश हुन् जहाँ नागरिकको स्वास्थ्यमा ७० प्रतिशत बढी खर्च त्यहाँको सरकारले नै व्यवहोर्छ । यसमा आइसल्याण्ड, जापान, स्विटजरल्याण्ड, स्विडेन, अष्ट्रेलिया, सिंगापुर र नर्वेजस्ता देश शीर्ष १० मा पर्न सफल छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

औषधिजन्य जडीबुटी मेला सम्पन्न, आयुर्वेदलाई अनुसन्धानसँग जोड्न सुझाव (भिडियोसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आयोजना गरेको ‘औषधिजन्य जडीबुटी मेला’ सम्पन्न भएको छ । …

प्रतिकृया दिनुहॊस