एनआईसी एसिया बैंकको ८० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडाैँ । एनआईसी एसिया बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। बैंकको गत पुस ४ मा बसेको २१औं साधारणसभाबाट पारित ८० लाख ३१ हजार १ सय १७ कित्ता सेयर यही फागुन ९ गते नेप्सेमा सूचीकृत भएको हो।

सोपश्चात् बैंकको जारी तथा चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६ सय ९८ रहेको छ । बैंकले अभौतिकीकरण नभइसकेका सेयरहरूलाई शीघ्र अभौतिकीकरणको लागि सेयरधनीलाई आग्रह समेत गरेको जनाएको छ।

बैंकको मुलुकभर २ सय ७७ शाखा कार्यालय, २ सय ९० एटीएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध रहेका छन्।

बैंकको वासलातको आकार २ सय १५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ खर्ब ७१ अर्ब पुगेको छ। बैंकको कुल कर्जा करिब १ खर्ब ४९ अर्बसहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा पहिचान बनाउन सफल भएको छ।

हाल देशैभर करिब १४ लाख ५० हजार ग्राहक रहेको बैंकले जनाएको छ। साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा, एटीएम विस्तारित काउण्टर, शाखारहित बैंक सेवामार्फत बैंकिंग सेवा प्रदान गर्दै आएको जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति विकासको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक …

प्रतिकृया दिनुहॊस