अमेजनको सामान बोकेको कार्गो विमान दुर्घटना

काठमाडाैँ । अमेजनको सामान लिएर उडेको एक कार्गो विमान अमेरिकाको टेक्सासमा दुर्घटनामा परेको छ । टेक्सासको हस्टन नजिकै विमान दुर्घटनामा परेको हो ।

विमानमा अमेजनको सामान र चालकदलका सदस्यसहित तीनजना थिए । मायामीबाट हट्सनका लागि उडेको विमान दुर्घटनामा परेको द वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।

हस्टनको जर्ज बुस अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० माइल दक्षिण पूर्वमा पुगेका बेला विमानको राडारसँग सम्पर्क टुटेको अधिकारीले बताएका छन् ।

विमानमा रहेको कोही पनि जीवित रहने सम्भावना नरहेको सरकारी अधिकारीको भनाई छ । संघीय अनुसन्धान व्युरो (एफबिआई) ले घटनास्थलबाट मानवका अंक संकलन गरिएकाले कोही नबाँचेको बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री