काठमाडाैं । बेलायतकी प्रधानमन्त्री टेरेसा मेलाई गएको नोभेम्बर महिनामा युरोपेली संघ (इयु)सँग भएको संझौताका बारेमा फेरि वार्ता गर्नका लागि बेलायतको संसदले अनुमति दिएको छ ।
कन्जरभेटिभ पार्टीका सांसद ग्राहम ब्रेडीको प्रस्ताव अनुसार भएको मतदानमा प्रधानमन्त्रीको समर्थनमा प्रस्ताव पारित भएको हो । बेलायत इयुबाट बाहिरिने मिति नजिक आएपनि कसरी बाहिरिने भन्ने कुरा अझै तय हुन सकेको छैन । प्रधानमन्त्रीको संझौता यस अघि बेलायती संसदबाट अस्वीकृत भएको थियो ।
प्रधानमन्त्रीले फेरि संझौताका लागि मौका दिन संसदलाई आग्रह गरेकी थिइन् । अब उनले यो मौका संसदबाट पाएकी छन् । २९ मार्चबाट बेलायत इयुबाट बाहिरिने यसअघि नै मिति तय भइसकेको छ ।
तपाईंको प्रतिकृया



