काठमाडाैँ । सिर्जना फाईनान्सले सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोवेल अस्पताल बिराटनगरका विशेषज्ञ डाक्टरहरुको सहभागितामा सम्पन्न भएको शिविरमा करिब १५ सय बिरामीले स्वास्थ्य परिक्षण गराएका थिए ।
कञ्चनरुप नगरपालिका प्रमुख वसन्त मिश्रले विशेषज्ञ डाक्टरहरुलाई स्वागत गर्दे यस किसिमका कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरेमा स्थानियवासिले राहत पाउने विश्वास व्यक्त गरे ।
सिर्जना फाईनान्सका सञ्चालक द्वय राजिव कुमार मिश्र र सुवास अचार्यले सिर्जना फाइनान्सले वैकिङ कारोबार वाहेक समाजलाई आवश्यक सेवाहरु समेत प्रदान गर्ने कुरा बताए । यसै क्रममा सिर्जना फाइनान्सले सप्तरी जिल्लाको वोदेबरसाइन, पातो, कल्याणपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको र आज कञ्चनरुप नगरपालिकामा सम्पन्न गरेको हो ।
आगामी महिनामा सप्तरीकै फत्तेपुर र भारदहमा समेत स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको संस्थाले जनाएको छ । यसका साथै यस महिनामा सप्तरी जिल्लाको भारदहको सामुदायिक विद्यालयमा अध्ययनरत दलित विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्न लागेको समेत फाइनान्सले जनाएको छ ।
प्रतिकृया दिनुहॊस