सिद्धार्थ बैंकको नाफा बढ्दा प्रति सेयर आम्दानी २५ रुपैयाँ

काठमाडाैँ । सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा  ८७ करोड ५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ७१ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष १५ करोड बढि नाफा कमाउन सफल भएको हो ।

निक्षेप तथा कर्जा
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ खर्ब ६ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै कर्जा लगानी ९७ अर्ब ५० करोड रुपैयाँ गरेको छ ।

ब्याज आम्दानी तथा खर्च
यो अवधिमा बैंकले ६ अर्ब ८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ७९ करोड रुपैयाँ ब्याज खर्च भएको छ । बैंकले खुद ब्याज आम्दानी २ अर्ब २८ करोड रुपैयाँ गरेको देखिन्छ ।

सूचकहरु
८ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ५ अर्ब १९ करोड रुपैंया जम्मा गरेको छ । त्यस्तै खराब कर्जा १.६४ प्रतिशत, आधार ब्याजदर १०.५९ प्रतिशत, सीसीडी रेसियो ७८.७७ प्रतिशत रहेको छ । यो अवधिमा बैंकको प्रति सेयर आम्दानी भने २५ रुपैयाँ ३२ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता खिच्ने …

प्रतिकृया दिनुहॊस