इटलीको एउटा शहरमा दर्जनौँ घरहरु १ युरोमा बिक्री हुँदै !

एजेन्सी । दक्षिण इटलीको सुन्दर टापु सिसिलीमा अवस्थित साम्बुका शहरमा अहिले दर्जनौँ घरहरु केबल एक युरो अर्थात करिब एक डलरमै बिक्रीका लागि सेलमा राखिएका छन् । मेडिटेरियनतर्फ समुद्रको किनारका मनमोहक दृश्यहरु देखिने सो सहरमा नयाँ मानव वस्ती निर्माण गर्ने उद्देश्यले यति सस्तामो घरहरु बिक्री गर्न लागिएको बताइएको छ । त्यस ठाउँका अधिकांश बासिन्दा ठुल्ठुला शहरमा बसाइँ सरेपछि पछिल्ला वर्षहरुमा त्यहाँको जनसङ्ख्यामा ठूलो गिरावट आएको हो । प्राचीन ग्रीकले स्थापित गरेको यो शहरलाई २०१६ मा इटलीको सबैभन्दा सुन्दर शहर घोषित गरिएको थियो ।

सीएनएनका अनुसार अहिले सम्बन्धित निकायले त्यहाँ घर किन्न इच्छुक व्यक्तिलाई तुरुन्तै बेच्ने प्रावधान मिलाएको छ । यसरी यो भन्दा अगाडि पनि इटलीका साना शहरमा यस्ता अफर प्रदान गर्दै बाहिरका मानिसहरुलाई स्वागत गरिएको छ । साम्बुकाका उपमेयर ग्वीसेप क्यासीओप्पोले भनेका छन्, ‘यो कुनै गलत प्रचार होइन । हामीले वास्तवमै शहरका सबै घर एक युरोमा सेलमा लगाएका छौँ ।’ अहिलेसम्म १० घर विक्री भइसकेको बताइएको छ जसमा विशेषगरी स्वीट्जरल्यान्ड, फ्रान्स र स्पेनबाट अर्डर आइरहेको क्यासिओप्पो बताउँछन् ।

यसरी यो आकर्षक अफरको एउटा मात्र शर्त भनेको घर किनेपछि नयाँ बासिन्दाले तीन वर्ष भित्रमा ४०–१५० स्क्वायर मिटरसम्म घरको नविकरण गर्नुपर्ने हुन्छ । जसको लागत् १५००० युरोदेखि सुरु हुन्छ । त्यस्तै सुरक्षा डिपोजिट अन्र्तगत पनि नयाँ घरवालाले ५ हजार युरो बुझाउनु पर्ने हुन्छ जुन घर नविकरणपछि फिर्ता दिइनेछ । यस्तोमा हरेक हिसाबले ग्राहक सन्तुष्ट हुने किसिमकै सम्झौता रहेको उपमेयर क्यासिओप्पोको भनाइ छ ।  वास्तवमा शान्त र सुन्दर स्थलमा भएपनि मानिसहरुको कम बसोबासका कारण यो क्षेत्रका प्राचीन संरचनाहरु खराब हुँदै गएपछि पुरातात्विक समाजको संरक्षणका निम्ति यस्तो उपाय निकालिएको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस

This will auto close after