मर्जरमा जाने निर्णय गरेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ७.४२ लाभांश पारित

काठमाडाैँ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ७.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको नवौं वार्षिक साधारणसभाले गत आर्थिक बर्षको खुद मुनाफा सेयरधनीलार्ई कायम चूक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र ६.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै, मर्जर तथा प्राप्तीमा जान संचालक समितिलाई अधिकार दिएको छ । जिवन तथा निर्जिवन बिमा कम्पनीको संस्थागत अभिकर्ता भई कार्य गर्ने प्रस्ताव समेत साधारणसभाले पारित गरेको बैंकले जनाएको छ ।

सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फवाट प्रतिनिधीत्व गर्ने सञ्चालकमा पशुपति घिमिरे, यूवराज के.सी, हिरामणि अर्याल र डा.खिमानन्द पाण्डे सर्वसम्मतिले निर्वाचित भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after