लक्ष्मी सनराइज बैंक सञ्चालक समिति बैठकले गर्‍यो लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंकको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले आर्थिक वर्षको मुनाफाबाट २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

यो घोषणासँगै बैंकका लगानीकर्ताहरूमा उत्साह थपिएको छ। यद्यपि, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूले प्राप्त गर्न सक्नेछन्।

स्मरण रहोस्, बैंकले यसअघि कुल ९ प्रतिशत लाभांश दिएको थियो, जसमा ५.२६ प्रतिशत बोनस सेयर समावेश थियो। हाल बजारमा कम्पनीको सेयर करिब २२३ रूपैयाँमा कारोबार भइरहेको छ।

यस लाभांश घोषणाले लक्ष्मी सनराइज बैंक वित्तीय रूपमा सुदृढ हुँदै गएको र आफ्ना लगानीकर्ताहरूलाई प्रतिफल दिन प्रतिबद्ध रहेको सन्देश दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री