बहुविवाह मुद्दामा पक्राउ परेका एमाले नेता शेर्पा डिल्लीबजार कारागार चलान

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा दोषी ठहर भएर डिल्लीबजार कारागार पठाइएका छन् । बुधबार अदालतले उनीविरुद्धको फैसला कार्यान्वयन गर्न शेर्पालाई उपस्थित गराएपछि उनलाई कारागार चलान गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी र प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अदालतको आदेशपछि शेर्पालाई डिल्लीबजार कारागार पठाइएको हो । उनलाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको थियो ।

शेर्पालाई बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । यस मुद्दासम्बन्धी कुरा नेकपा एमालेको सचिवालय बैठकमा पनि उठेको थियो ।

सचिव योगेश भट्टराईले पार्टीभित्रको सांस्कृतिक विचलनबारे ध्यानाकर्षण गर्दै शेर्पालाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने यो विषयलाई सामान्य ठानेर निलम्बन नगर्ने अडान राखेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री