कार्यवाहक सभापति खड्काद्वारा सहमहामन्त्री यादवको कार्यतालिकालाई व्यक्तिगत धारणाको संज्ञा

काठमाडौं । नेपाली कांग्रेसभित्र आसन्न १५औं महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक सरगर्मी चुलिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवले मंगलबारको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको महाधिवेशन कार्यतालिकालाई व्यक्तिगत धारणाका रूपमा व्याख्या गरेका छन् ।

सहमहामन्त्री यादवले यही २७ देखि ३० वैशाखसम्म १५औं महाधिवेशन सम्पन्न गर्ने प्रस्तावसहितको कार्यतालिका हिजोको बैठकमा पेस गरेका थिए । तर, आजको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले सो प्रस्ताव यादवको व्यक्तिगत विचार भएको स्पष्ट पारेका हुन् ।

‘केन्द्रीय समितिले उहाँको धारणा भनिसकेपछि आज कुन पत्रिका र कुन मिडियाले के लेख्यो भनेर पत्रिकाको कुरा गर्न सान्दर्भिक होला जस्तो लाग्दैन। सबैको ध्यानाकर्षण यो विषयमा गराए,’ कार्यवाहक सभापति खड्काले बैठकमा भने ।

यसअघि महामन्त्री गगन थापाले पनि चुनावअघि नै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै १६ देखि १९ पुससम्म महाधिवेशन गर्ने गरी फरक कार्यतालिका प्रस्ताव गरेका थिए। महाधिवेशनको मिति र कार्यतालिकालाई लिएर नेताहरूबीच देखिएको यो फरक मतले आगामी दिनमा कांग्रेसभित्रको आन्तरिक छलफल थप तीव्र हुने देखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री