काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेर २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि आज गिरावट देखिएको छ । हिजो प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ४ हजार ३ सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया




