काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र जर्मन होम्स् प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, भक्तपुरको बालकोटस्थित जर्मन होम्स् प्रा. लि. मा सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको डेबिट वा क्रेडिट कार्ड, साथै मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यस सहकार्यले ग्राहकहरूलाई आकर्षक छुटको सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य बैंकले राखेको जनाएको छ। बैंकका अनुसार, यस किसिमका साझेदारीले ग्राहकलाई थप सुविधा दिने र नगद रहित कारोबार संस्कृति विकासमा मद्दत गर्ने विश्वास गरिएको छ।
सिद्धार्थ बैंकले पछिल्ला वर्षहरूमा विभिन्न उद्योग, सेवा प्रदायक र व्यावसायिक संस्थाहरूसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई छुट, क्यासब्याक तथा सुविधाजनक सेवा उपलब्ध गराउँदै आएको छ। बैंकले आगामी दिनमा पनि यस्ता ग्राहकमैत्री कार्यक्रमहरू निरन्तर रूपमा ल्याउने बताएको छ।




