काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड, सिनामंगल बीच बैंकका ग्राहकहरूलाई विशेषज्ञ उपचार सेवामा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी अनुसार, सिटिजन्स् बैंकका कार्डधनी र मोबाइल बैंकिङ्ग ग्राहकहरू काठमाडौं मेडिकल कलेजमा उपचार गर्दा १५% सम्मको आकर्षक छुट पाउनेछन्। बैंकले यस प्रकारको सहकार्यबाट ग्राहकहरूलाई लाभान्वित गर्दै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेको छ।
सिटिजन्स् बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोग बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्न विभिन्न ग्राहकमैत्री सुविधाहरू समय–समयमा सञ्चालन गर्दै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट र विस्तृत जानकारीको लागि ग्राहकहरूले बैंकको वेबसाइट मार्फत जानकारी प्राप्त गर्न सक्नेछन्।




