काठमाडौं । सानिमा बैंक लिमिटेडले आगामी तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक क्यासब्याक र छुट योजना सञ्चालन गरेको छ।
यो योजनाअन्तर्गत ग्राहकहरूले साझेदार मर्चेन्टहरूबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक पाउन सक्नेछन्। साथै, सहभागी मर्चेन्टहरूले ग्राहकहरूलाई थप १०% सम्मको छुट समेत प्रदान गर्नेछन्।
ग्राहकहरूले यो अफर पूजा स्वीट्स चाट हाउस (न्युरोड, काठमाडौं), बर्फी स्वीट्स (बालुवाटार, न्युरोड, कुमारीपाटी), हिमालयन स्वीट्स एण्ड बेकरी (हेटौडा) र आँगन स्वीट्स (चिप्लेढुङ्गा र सृजना चोक, पोखरा) मा गएर उपभोग गर्न सक्नेछन्।
यो योजना २०८२ कार्तिक १ गतेदेखि १० गतेसम्म अर्थात् १० दिनका लागि मात्र लागू हुनेछ।
सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीको अधिकतम प्रयोगमा प्रोत्साहित गर्न निरन्तर विभिन्न छुट तथा अफरहरू प्रदान गर्दै आएको छ।




