काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच आरम्भ चौतारी लघुवित्तका कार्यरत कर्मचारीहरूलाई सुविधा सम्पन्न बैंकिङ सेवा उपलब्ध गराउने सम्बन्धी विशेष छुट सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख लेख बहादुर पुन ले हस्ताक्षर गरेका छन्। सम्झौता पश्चात् आरम्भ चौतारी लघुवित्तका कर्मचारीहरूले प्रभु बैंकको अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्ने भएका छन्।
प्रभु बैंकले यस सहकार्यलाई दुवै संस्थाबीचको दीर्घकालीन साझेदारीका रूपमा लिँदै कर्मचारीहरूको वित्तीय पहुँच र डिजिटल बैंकिङ प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरेको छ।
तपाईंको प्रतिकृया




