काठमाडौं । मधेश प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेश सांसद जितेन्द्र सोनल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधवार बेलुकी ४ बजेसम्म नयाँ सरकार गठनका लागि समयसीमा तोकेकी थिइन् ।
सोही समयसीमाभित्र काँग्रेस र एमाले बाहेकका दलहरु जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीको समर्थनमा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्नकालागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।
प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सोनललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्री नियुक्त भएपछि अब उनले विश्वासको मत लिनुपर्नेछ । संविधान अनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।
तपाईंको प्रतिकृया




